विश्वभर कोरोना संक्रमित सङ्ख्या १ करोड १२ लाख भन्दा बढि

विश्वभर कोरोना संक्रमित सङ्ख्या १ करोड १२ लाख भन्दा बढि

एजेन्सी २० असार। कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विश्वभर १ करोड १२ लाख  ७ हजार ५ सय ४० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

विश्वभर कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५ सय ५५ पुगेको छ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख २४ हजार २ सय ८९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ८ सय ४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।



ट्रेन्डिङ