Uncategorized
पछिल्लो २४ घन्टामा २३२ जनामा कोरोना संक्रमण

काठमाडौं २० असार। नेपालमा पछिल्लो २४ घन्टामा २३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
बितेको २४ घण्टामा २७२ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन।
यससङ्गै अहिलेसम्म निको हुनेको संख्या ६ हजार ४ सय १५ जना रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।