कालिकोटमा पहिरो जाँदा एक महिलाको ज्यान गयो

कालिकोटमा पहिरो जाँदा एक महिलाको ज्यान गयो

कालिकोट २० असार।कालिकोटको नरहरीनाथ गाउँपालिका-७ माल्कोटको लेकाली क्षेत्र दुदुलीमा पहिरो जाँदा एक महिलाको ज्यान गएको छ।

शनिबार पहिरो जाँदा माल्कोटको भैँसी चराउने लेक दुदुलीमा ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमूख डिएसपी श्यामबाबु ओलीयाका अनुसार भैँसी गोठालो गएकी बटाला पानी लिन जाँदै गर्दा पहिरोसँगै बगेर मृत्यु भएको हो। उनका अनुसार उनी भैँसी गोठबाट पानी लिन जाँदा बीचबाटोमा पहिरो खसेर पहिरोसँगै बगेकी थिईन्। उनको घटना स्थलमै मृत्यू भएको र प्रहरी चौकी कुमालगाँउबाट घटना स्थलमा प्रहरीको टोली पठाईएको छ।

पहिरोमा भएको क्षेतीको थप बिबरण आउन बाँकी छ। शुक्रबार बेलुकीदेखी आएको निरन्तर बर्षका कारण कालिकोटको जनजीवन प्रभावित बनेको छ। नरहरीनाथ गाउँपालिका-७ को वडा कार्यालय पनि पहिरोले पुरिएको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ