खोलाले बगाउँदा बैतडिमा एक महिलाको मृत्यु

खोलाले बगाउँदा बैतडिमा एक महिलाको मृत्यु

बैतडी २० असार। बैतडीमा शनिबार खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। पुर्चौडी नगरपालिकास्थित जमाडी नदीले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतक महिलाको पहिचान हुन सकेको छैन।

जमाडी नदीले बगाएर ल्याएको शव  गिरीजाबगर भन्ने स्थानमा फेला परेको हो। ‘मृतक महिलालाई नदीले बगाएर ल्याएको जस्तो छ। स्थानीयहरुले शवदेखिपछि प्रहरीलाई खबर गरेका थिए।’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने ‘प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।’



ट्रेन्डिङ