कोरोनाको कारण अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

कोरोनाको कारण अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

एजेन्सी २० असार। कोरोना सङ्क्रमण पश्चात स्वास्थ्यमा समस्या देखिएसि थप उपचारका लागि टर्कि पुगेका अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको मृत्यु भएको छ  । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अफगानिस्तानको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा कोरोनाका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ ।

अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८१९ व्यक्तिको मृत्यु भएकोे छ ।



ट्रेन्डिङ