कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध

गोरखा २० असार। आज बिहान मृत्यु भएका गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित ४४ वर्षीय एक पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन्।

शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास्थित सुरक्षा समितिले गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन्।

गोरखा नगरपालिकास्थित देउराली र सहिद लखन गाउँपालिकास्थित बक्राङका बासिन्दाले शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका छन्।



ट्रेन्डिङ