खोकनामा किसान र प्रहरीबीच झडप

खोकनामा किसान र प्रहरीबीच झडप

काठमाडौं २० असार । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

किसानहरुलाइ आफ्नो खेत खनजोत गर्न प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेका थिए भने अरुले खनजोत गरेका थिए । ट्याक्टर समेत लगाएका छन् ।

विकासका नाममा जग्गाजमिन कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।



ट्रेन्डिङ