भारतमा कोरोनाबाट गयो १८ हजार ६५५ को ज्यान

भारतमा कोरोनाबाट गयो १८ हजार ६५५ को ज्यान

एजन्सी २० असार। छिमेकि मुलुक भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६ लाख ४८ हजार ३१५  पुगेको छ।त्यस्तै शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या १८ हजार ६५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा भारतमा थप २२ हजार ७७१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४४२ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।

विज्ञप्तिअनुसार शनिबार विहान ८ बजेसम्म १८ हजार ६५५ संक्रमितको मृत्यु भएको र ६ लाख ४८ हजार ३१५ जनामा संक्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार २२७ संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।



ट्रेन्डिङ