विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आज ११ अन्तर्राष्ट्रिय उडानहुँदै

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आज ११ अन्तर्राष्ट्रिय उडानहुँदै

काठमाण्डौं २० असार । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार कार्य जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार का लागि ११ अन्तर्राष्ट्रिय उडान आज हुँदैछन् । यी उडानमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ ।

नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन् । आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन् । कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौँ आइपुगेको विमानस्थलले जनाएको छ । सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ ।

यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कने विमानस्थलले जनाएको छ । आजै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौँ ल्याउनेछन् । अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए । ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थलले जनाएको छ ।



ट्रेन्डिङ