२२ गते बैठक बस्ने गरी नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

२२ गते बैठक बस्ने गरी नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौँ २० असार । केहिदिन देखि जारी शीतयुद्ध समाधानका लागि शनिवार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक २२ गते बस्नेगरी फेरि स्थिगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक बस्न सकेका छैन ।

बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो । तर, शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको हो ।

शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।



ट्रेन्डिङ