कोरोनाका कारण थप एकजनाको मृत्यु

कोरोनाका कारण थप एकजनाको मृत्यु

गोरखा २० असार। कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गोरखामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका-७ पुर्नेपिपलका ४४ वर्षका पुरुष हुन् ।

उनि कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका थिए।उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हिजो(शुक्रबार) गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका ती संक्रमितको शनिबार बिहान ५ बजे मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालये पुष्टि गरेको छ ।



ट्रेन्डिङ