बझाङमा १७ घर पहिरोले बगायो

बझाङमा १७ घर पहिरोले बगायो

चितवन २० असार। बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरोले १७ घर पुरिएको छ। स्थानियका अनुसार त्यस क्षत्रमा रहेको १७ घर पुरिएको हो।तर स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ ।

पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारि दिए।उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

स्थानियका अनुसार अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले पनि प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताए ।पहिरोले बाटो पनि बगाएको र खोलामा बाढी  आएकाले त्यहा प्रहरी टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न नसकेको र क्षतिको विवरण पनि प्राप्त नभएको डिएसपी बमले जानकारि दिए।



ट्रेन्डिङ