क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने

क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने

काठमाडौँ १९ असार। अबदेखि क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने भएको छ ।

शुक्रबारदेखि कोरोना परीक्षणको दायरा फराकिलो बनाएको भन्दै त्यस्ता बिरामीहरुको परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि गराएको हो ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इमर्जेन्सी र आईसीयूमा भर्ना हुने बिरामीका पनि कोरोना परीक्षण गरिने बताए ।

त्यसैगरी पकेट क्षेत्रमा बसोबास गर्ने मानिस र स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण गर्ने मन्त्रालयले जानकारी गराएको छ ।



ट्रेन्डिङ