चितवनको भरतपुरमा ओलिको समर्थनमा प्रदर्शन

चितवनको भरतपुरमा ओलिको समर्थनमा प्रदर्शन

चितवन १९ असार। चितवनको भरतपुरमा प्रधानमन्त्रि केपि शर्मा ओलिको समर्थनमा प्रदर्शन भएको छ। आज(शुक्रबार)भरतपुरको चौविसकोठीमा युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन्।

केहि समय देखि पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठि रहेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमानै ओलि समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै भरतपुरको चौविसकोठीमा प्रदर्शन गरेका हुन्।

भरतपुरको चौविसकोठी देखि चितवन मेडिकल केलज सम्म सडक किनारमा प्रर्दशन गरिएको हो।प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,‘ओली सिध्याउन किन यत्रो जोड भारतिय विस्तारबाद नेपाल छोड’ जस्ता नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।



ट्रेन्डिङ