Banner News
पछिल्लो २४ घन्टामा ७४० जनामा कोरोना संक्रमण

काठमाडौं १९ असार। नेपालमा पछिल्लो २४ घन्टामा ७४० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
अहिलेसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ जना रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन।
यस्तै हालसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ रहेको छ ।