राप्रपा अध्यक्ष राणा:राष्ट्रपतिको पछिल्लो भूमिकाले निष्पक्ष संस्थाको महत्व बढेको छ

राप्रपा अध्यक्ष राणा:राष्ट्रपतिको पछिल्लो भूमिकाले निष्पक्ष संस्थाको महत्व बढेको छ

काठमाडौं १९ असार ।पछिल्लो समय राष्ट्रपतिको पक्षपाती भूमिका संविधानको परिकल्पना विपरीत रहेकोले दलभन्दा माथि रहने राष्ट्राध्यक्षको महत्व र सान्दर्भिकता उजागर भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले धारणा राख्नु भएको छ ।

‘कार्यकारिणी र राष्ट्रपति बीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति निसन्देह सुःखद छैन। दलभन्दा माथि रहने निष्पक्ष संस्था राष्ट्राध्यक्ष रहनु पर्छ भनेर बहस हुनुपर्छ भन्ने हाम्रो दाबी सही ठहरेको छ,’ अध्यक्ष राणाले शुक्रबार विज्ञप्ती जारी गर्दै भन्नु भएको छ ।

‘घटनाक्रमले निष्पक्ष संस्थाको महत्व, आवश्यक्ता र बहसको सान्दर्भिकता पुनः उजागर भएको छ,’ उहाँले भन्नुभयो । विकसित घटनाक्रममा टिप्पणी गर्दै राणाले अगाडि भन्नुभयो, ‘संसद अधिवेशन हठात अन्त्य भएसँगै राष्ट्रपतिको पक्षपाती भूमिका सर्वत्र आलोचित छ । संविधानको परिकल्पना विपरीत दलीय र गुटगत राजनीतिक साँठगाँठ पटक–पटक देखा परेको आमसत्य हो ।’



ट्रेन्डिङ