ओलि प्रचण्ड छलफल निष्कर्ष विहिन,भोलि फेरि थप छलफल हुने

ओलि प्रचण्ड छलफल निष्कर्ष विहिन,भोलि फेरि थप छलफल हुने

काठमाडौं १९ असार। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ ।दुइ अध्यक्षसङ्गै छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत उपस्थित थिए।

छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।

दुई अध्यक्षबीच छलफल सौहाद्रपूर्ण भएको र प्रधानमन्त्रीले भोलि स्थायी कमिटीको बैठकअघि एकचोटि फेरि छलफल गर्ने भन्नुभएको बैठकमा उपस्थित नेताले जानकारि दिए।

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन्।



ट्रेन्डिङ