धनुषामा एक बालिका मृत फेला,बलात्कार पछि हत्या गरेको आशंका

धनुषामा एक बालिका मृत फेला,बलात्कार पछि हत्या गरेको आशंका

धनुषा १९ असार।आज (शुक्रबार)बिहान धनुषाको जनकपुर उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको दूधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको खेत छेउकै दूधमती नदीमा मृतावस्थामा फेला परेकी हुन् ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ। बालिका बेपत्ता भएसङ्गै बिहीबार परिवारले अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यता घटनामा संलग्न हुन सक्ने आशंकामा गाउँकै शमसानमा बस्ने एक अघोरीलाई गाउँलेले नियन्त्रणमा लिई धनुषा प्रहरीलाई जिम्मा लगाएका छन् ।



ट्रेन्डिङ