सलह किराले १ हजार ६३ हेक्टर क्षेत्रफलमा क्षति पुर्‍यायो

सलह किराले १ हजार ६३ हेक्टर क्षेत्रफलमा क्षति पुर्‍यायो

काठमाडौं १९ असार। भारतबाट नेपाल भित्रिएका सलह किराले विभिन्न जिल्लामा १ हजार ६३ हेक्टरभन्दा बढी क्षेत्रफलमा क्षति पुर्‍याएको प्रारम्भिक तथ्यांक आएको छ।

सहकारी तथा प्राकृतिक श्रोत समितिलाई सलहले कृषिबालीमा पुर्‍याएको क्षतिबारे जानकारि दिदै कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले यस्तो बताउनु भएको हो ।

सचिव भारीका अनुसार दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुर्‍याएको छ। सलहले बढीजसो तरकारी र मकैबारीमा क्षति पुर्‍याएको उनले बताए।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले अहिले सलहका झुण्डहरू अर्घाखाँची, पाल्पा, दाङ र प्युठानतिरबाट उत्तर पश्चिममा उडान भरिरहेको बताए।



ट्रेन्डिङ