रामबहादुर बम्जनविरुद्ध मुद्दा दायर

रामबहादुर बम्जनविरुद्ध मुद्दा दायर

काठमाडौं १९ असार। लिटल बुद्धका नामले चिनिने रामबहादुर बम्जन विरुद्ध सर्लाहि जिल्ला अदालतमा बलात्कार र मानिस बेपत्ता पारेको  मुद्दा दायर भएको छ ।

बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले मुद्दा दायर गरेको हो।

बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गरिएको छ । मतियार बनेको अभियोगमा ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गरिएको छ ।

बम्जनलाई पक्राउ गर्न प्रहरीले दुई पटक सिन्धुलीस्थित आश्रममा छापा हाने पनि उनी उम्किन सफल भए । आश्रममा बसेकी १५ वर्षीय आनीलाई ३० साउन ०७३ मा बलात्कार गरेको आरोप बम्जनमाथि लागेको थियो ।बम्जन आश्रमबाट सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला पनि बेपत्ता भएको प्रहरीमा उजुरी छ । तर, हालसम्म उनीहरुको कुनै पत्तो लागेको छैन ।

बलात्कार सम्बन्धी कसुरमा घटना भएको एक वर्षसम्ममा उजुरी दर्ता भइसक्नु पर्छ । तर, यो घटनामा पीडित नाबालिका भएकाले १८ वर्ष पूरा भएको एक वर्षसम्म उजुरी गर्न मिल्ने व्यवस्था अनुसार कानुनी प्रक्रिया अघि बढेको हो ।



ट्रेन्डिङ