दुई अध्यक्ष बीच निर्णायक वार्ता सुरु

दुई अध्यक्ष बीच निर्णायक वार्ता सुरु

काठमाडौं १९ असार। आन्तरिक विवादका कारण बिघटनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु बीच शुक्रबार निर्णायक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्रि केपी शर्मा ओलीसङ्ग रुष्ट बनेका नेताहरु निरन्तर रुपमा ओलीलाइ राजिनामाका लागि दबाब सृजना गरेका छन्।पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच केही समयअघिबाट निर्णायक वार्ता सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहभागी छन् ।यस वर्तालाइ निकै महत्वका साथ हेरिएको छ।

 



ट्रेन्डिङ