भारतमा २४ घण्टामा करिब २१ हजार नयाँ कोरोना संक्रमित थपिए

भारतमा २४ घण्टामा करिब २१ हजार नयाँ कोरोना संक्रमित थपिए

चितवन १९ असार। छिमेकि मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएको भारतको स्वास्थ्यमन्त्रालयले जानकारि दिएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ ।

सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ८६ हजार ६२६ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म आठ हजार १७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म तीन लाख ७९ हजार ८९२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।



ट्रेन्डिङ