चोरीमा सम्लग्न तीन जना १२ तोला सुन सहित पक्राउ

चोरीमा सम्लग्न तीन जना १२ तोला सुन सहित पक्राउ

चितवन १९ असार। नवलपुरमा सुनचाँदी पसल  चोरीमा सम्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।गत फागुन १८ गते विहान २ः २० बजे पूर्व गैडाकोटमा उमेश गहतराजले संचालन गरेको सुनचाँदी पसल चोरीमा सम्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका वडा न १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने २४ बर्षिय अनुज लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ३ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं ८ बस्ने २८ बर्षिय तिर्थ बहादुर रुम्बा र काभ्रे धुलिखेल नगरपालिका घर भई भक्तपुर सुर्यविनायक नगरपालिका वडानम्व ८ बस्ने ४० बर्षिय जीतबहादुर तामाङ रहेका छन् ।

उनिहरुको साथबाट १२ तोला ५ प्वाइन्ट सुन, ६ थान मोवाइल, सेफ लकर १ थान,स्कुटर १ थान र ठेला बरामद गरिएको छ । पसल संचालक उमेश गहतराजका अनुसार ६९ तोला ५ लाल सुन तथा १ किलो चाँदीका गरगहना र नगद ७ लाख रहेको सेफ लकर चोरी भएको थियो।

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर थापाका अनुसार थप गरगहना र चोरीमा संलग्नहरुको खोजी भइरहेको छ । प्रहरी टोलीले प्रविधिको माध्यामबाट चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको थापाले बताउनुभयो । पक्राउ परेकाहरु विरुद्ध डाँका चोरी मुद्धामा नवलपुर जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ