देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्ने सम्भावना

काठमाडौं १९ असार । आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमति, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।

ती क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

सुदूरपश्चिम, प्रदेश ५, बागमति, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ । हाल देशभर मनुसुनी वायुको प्रभाव रहेकाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।



ट्रेन्डिङ