समाचार हेटौँडामा ५ जना जुवाडे पक्राउ

समाचार हेटौँडामा ५ जना जुवाडे पक्राउ

हेटौडा १८ असार । हेटौँडा–७ नागस्वतीको एउटै टोलका ५ जना जुवाडेलाई तास खेलिरहेको अवस्थामा मकवानपुर प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा गएको प्रहरी टोलीले ५ जना जुवाडेलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले नगस्वतीस्थित राजिव क्षेत्रीको घरमा तास खेलिरहेको सूचना पाएपछि छापा मारेको थियो ।

पक्राउ परेका सबै नागस्वतीका स्थायीबासी हुन् । प्रहरीले ५७ वर्षीय सुदर्शन फुयाँल, ३७ वर्षीय उद्धव खुलाल, ४१ वर्षीय दिनेश गौतम, ३५ वर्षीय विकास गौतम र २८ वर्षीय पूर्णराज थिङलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

प्रहरीले छापा मार्दा घरवाला क्षेत्रीसहित ३ जना जुवाडे भाग्न भ्याएको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिए । फरार ३ जनाको खोजी भइरहेको उनले बताए । प्रहरीले जुवा खालबाट ७४ हजार ६ सय ८५ रुपैयाँसहित २ बुक तास बरामद गरेको छ ।



ट्रेन्डिङ