‘म नै आएँ, सरकारको पर्याप्त ध्यानाकर्षण भएको छ । माग पूरा हुन्छ । अनशन तोड्नुस् ।’-प्रधानमन्त्री

‘म नै आएँ, सरकारको पर्याप्त ध्यानाकर्षण भएको छ । माग पूरा हुन्छ । अनशन तोड्नुस् ।’-प्रधानमन्त्री

काठमाडौँ १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अनशनरत अस्पताल भर्ना गरिएका इसान अधिकारी र पुकार बमलाई भेटेका छन् । बिहीबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर ओलीले उनीहरुको स्वास्थ्य अवस्था बुझेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी अधिकारी, बम लगायत ललितपुरको पाटन दरबार स्क्‍वायरमा एक सातादेखि अनशनमा बसेका थिए । प्रधानमन्त्रीले आफू भेट गर्न आएको भन्दै माग पूरा गर्ने बताएका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने, ुम नै आएँ, सरकारको पर्याप्त ध्यानाकर्षण भएको छ । माग पूरा हुन्छ । अनशन तोड्नुस् ।



ट्रेन्डिङ