२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

काठमाण्डौं १८ असार । पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ हजार ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८८३ जना महिला छन् भने १२ हजार ६३६ जना पुरुष छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ५३७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म २ हजार ३७ हजार ७६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ३८ हजार १०९ रहेको छ भने १० हजार १३७ जना आइसोलेसनमा छन् ।बिहीबार थप ६६४ जनाले कोरोनाले जितेका छन् । अहिलेसम्म संक्रमणमुक्त भएर ५ हजार ३२० जना घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



ट्रेन्डिङ