गैँडाकोट नगरपालिकामा लगाइएको ताला खुल्यो

गैँडाकोट नगरपालिकामा लगाइएको ताला खुल्यो

नवलपुर १८ असार ।  गैंडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलेको छ । सातौैँ नगरसभामा पारित भएको नीति तथा कार्यक्रम र बजेटमा असन्तुष्ट रहेका नगरसभा सदस्यहरुले आफैले ताला लगाएर आफै खोलेका हुन् । जनप्रतिनिधि भएर जनताले सेवा लिने ठाउँमा तालाबन्दि गरी दैनिक सेवाहरु नै बन्द गरिदिएको भन्दै सर्वोत्र आलोचना भएपछि ताला खोल्न बाध्य भएका हुन् । नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाइएको तालाबन्दि भने यथावत छ । नगरसभा बाट असन्तुष्ट भएका कांग्रेस पक्षिय नगरसभा सदस्यहरुले ३ वटा कार्यकक्षमा तालाबन्दि गरेका थिए ।
असारको मसान्त नजिकिदैं गर्दा यस आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरको बजेट बिनियोजन, आन्तरिक कामकाज सहित कोरोनाको महामारी फैलिरहँदा अन्यन्त्र जानुपर्ने नगरबासीले सबारी पासका लागि सिफारिस बनाउन आउनेको हिजोआज दैनिक भिड लाग्ने गरेको छ ।
चौतर्फी दवाव परेपछि नेपाली कांग्रेस गैंडाकोट नगरसमितिले तालाबन्दि गर्नेहरुसँग छलफल गरी प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दि खोल्न सहमत गराएको नेपाली काङ्ग्रेस गैंडाकोटका नगर सभापति तारापति खरेलले बताए ।
ताला खोल्नु अघि प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफ्नो कार्यकक्षमा तालाबन्दि गर्नु र खोल्नुको औचित्य स्पष्ट पार्न आग्रह गरेका थिए । कर्मचारीहरु सबैको साझाँ भएकाले राजनैतिनक मुद्धालाई लिएर आफ्नो कार्यकक्षमा लगाइएको तालाबन्दिलाई लिएर उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ । नेतृत्वकर्ताहरुले जे नियम बनाउछन् त्यसैको कार्यान्वय गर्ने र कानुन सम्बत छ कि छैन हेर्ने दायित्व आफुहरुको भएकाले तालाबन्दि किन गरियो ? उनले प्रश्न गरे ।
असन्तुष्ट र सन्तुष्ट दुवै पक्षले नगरसभामा आफुलाई कानुनी अवस्थाको बारेमा प्रस्ट्याउन आग्रह नै नगरेको र नगरप्रमुखले समेत त्यो अवसर नदिनुभएको भन्दै उनले यसरी जनतलाई सेवा दिने ठाउँको कार्यकक्ष बन्दले सबै कर्मचारीहरुको आत्मबल हतोत्साहित भएको बताए ।



ट्रेन्डिङ