स्थायी कमिटी बैठक बसेन, मन्त्रिपरिषद बैठकका लागि हिँडे मन्त्री

स्थायी कमिटी बैठक बसेन, मन्त्रिपरिषद बैठकका लागि हिँडे मन्त्री

काठमाण्डौं १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै नबसी स्थगित भएको छ । बैठक नबसेपछि स्थायी समिति सदस्यहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् ।

बिहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास गएका थिए । आजै १२ बजे मन्त्रिपरिषद बैठक समेत बोलाइएको छ । मन्त्रीहरु स्थायी समिति बैठकमा सहभागी हुन त्यतातिर लागेका हुन् ।



ट्रेन्डिङ