११ बजे स्थायी समिति, १२ बजे मन्त्रिपरिषद् बैठक

११ बजे स्थायी समिति, १२ बजे मन्त्रिपरिषद् बैठक

काठमाण्डौं १८ असार । मन्त्रिपरिषदको बैठक आज १२ बजे बस्ने भएको छ । पार्टी स्थायी समितिको बैठकमा नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका बेला १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । मन्त्रिपरिषदको बैठक अघि ११ बजे स्थायी कमिटीको बैठक बस्दैछ ।

यसअघि बुधबार १ घण्टा बसेर स्थगित भएको स्थायी कमिटीको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा पनि नेताहरूले पार्टीभित्रको आन्तरिक विवादसँगै समसामयिक विषयमा आफ्नो धारणा राख्नेक्रम जारी छ ।



ट्रेन्डिङ