चट्याङ लागेर ४ महिलाको मृत्यु

चट्याङ लागेर ४ महिलाको मृत्यु

बारा १८ असार। आज बिहान बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु भएको हो । फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले बताउनुभयो ।



ट्रेन्डिङ