थप ५२२ जनामा कोरोना संक्रमण

थप ५२२ जनामा कोरोना संक्रमण

काठमाडौं १७ असार। आज(बुधबार)नेपालमा ५२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ ।

अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा १ हजार  ४ सय ६२ जना कोरोनामुक्त भएका हुन।



ट्रेन्डिङ