हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना पोजेटिभ

हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना पोजेटिभ

काठमाडौँ १७ असार । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना पोजेटिभ देखिएको छ ।

हिमायल एयरलायन्सका अनुसार कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक रहेका छन्।उनलाई हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा राखिएको छ ।

हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन समेत रहेका उनलाई कोरोना संक्रमण देखिएसंगै उनीसँगै उडेका अन्य चालक दलका सदस्यको पनि स्वास्थ्य जाँच गरिएको थियो तर उनी बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको एयरलाइन्सले जनाएको छ ।



ट्रेन्डिङ