Banner News
नेकपा एमालेको महासचिब मनिषकुमार उपाध्याय रहेको खुलासा

काठमाडौं १७ असार ।१२ असारमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् ।
ओलिको निर्देशनमा भएको भनिए पनि १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका रहेछन् ।
दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् । उनी मोरङको विराटनगर महानगरपालिका–६ की हुन ।
दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।