प्रहरी हिरासतमै आत्माहत्या

प्रहरी हिरासतमै आत्माहत्या

ललितपुर १७ असार। असार १४ गते बालकुमारीस्थित मकैबारीमा राखेर १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको मुद्दामा सोही राति ग्वार्कोबाट पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले प्रहरि हिरासत कक्षमा बुधबार बिहान आत्महत्या गरेका छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलको हिरासत कक्षमा उनले आत्मा हत्या गरेका हुन।

महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)टेकप्रसाद राईका अनुसार यादवले आफू सुतेको तन्ना च्यातेर डोरी जस्तो बनाइ झ्यालमा झुण्डिएर आत्महत्या गरेको हुन् ।

घटना घट्दा परिसरको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रहरी महानिरीक्षक ९आईजीपी० ठाकुर ज्ञवालीले आफ्नो मन्तव्य दिइरहेका थिए । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरुलगायत उपस्थित थिए ।



ट्रेन्डिङ