चिनले दियो भारतलाइ व्यापारयुद्धको धम्कि

चिनले दियो भारतलाइ व्यापारयुद्धको धम्कि

एजेन्सी १७ असार। भारत सरकारले चिनका ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णयमा चीनले कडा प्रतिक्रिया दिएको छ ।

चिनियाँ सरकारको मुखपत्र रुपमा रहेको ग्लोबल टाइम्सले यस्तो कदम चालेर भारतले व्यापारयुद्ध शुरू गर्न खोजेको आरोप लगायो । चीन संयमित छ भन्दैमा भारतले चिनियाँ कम्पनीहरूमाथि कारवाही गर्न नपाउने पत्रिकाले लेखेको छ ।

ग्लोबल टाइम्सले सन् २०१७ को दोक्लम विवादको उल्लेख गर्दै लेख्यो– ‘विगत कैयौं वर्षमा चीन र भारतबीचको सीमामा विवाद छन् । तर व्यापारयुद्ध दुवै देशका लागि असामान्य हुन्छ । सन् २०१७ मा पनि भारतले आर्थिक हानि सहनुपरेको थियो तर त्यो सीमित थियो किनकि संकटपछि द्विपक्षीय व्यापार छिट्टै शुरू भएको थियो ।’

चिनियाँ कम्पनीका एपहरूमा प्रतिबन्ध लगाउँदा केही नोक्सानी हुने भए पनि भारतले चीनको विशाल अर्थतन्त्रलाई हानि गर्न नसक्ने पत्रिकाले लेखेको छ ।

सीमामा झडपपछि दुई सरकारबीच शान्तिका लागि प्रयास भइरहेको ग्लोबल टाइम्सले लेखेको छ । द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्झौतालाई सुरक्षित राख्न प्रयास गरिएको छ ।



ट्रेन्डिङ