संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने

संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने

काठमाडौं १७ असार। बुधबार दिउँसो १ बजे बस्ने तय भएको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ।नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद ब प्रस्ताव पारित गर्दै स्थगित हुने भएको हो।

आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुने संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारि दिए।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थिए तर प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भए पछि आजको बैठक स्थगित हुने भएको हो ।

छन्त्याल बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुने छ र शोक प्रस्ताव पारित गर्दै सकिने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश गर्दैन ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सांसद छन्त्यालको निधन भएकोबारे संसद बैठक अगाडि नै संसद सचिवालयमा जानकारी दिने बताए । सम्बन्धित पार्टीले निधन भएको जानकारी जुन दिन दिन्छ, सोही दिन शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने प्रचलन छ ।



ट्रेन्डिङ