एक सशस्त्र प्रहरी जवानको नहरको पानीमा डुबेर मृत्यु

एक सशस्त्र प्रहरी जवानको नहरको पानीमा डुबेर मृत्यु

सिरहा १७ असार। सिरहामा एक सशस्त्र प्रहरी जवानको नहरको पानीमा डुबेर मृत्यु भएको छ।

सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको हो।



ट्रेन्डिङ