फेरि नेकपा एमाले पार्टी कस्ले गरायो दर्ता ? प्रधानमन्त्रीकै निर्देशनमा दर्ताभएको बामदेव गौतमको आरोप

फेरि नेकपा एमाले पार्टी कस्ले गरायो दर्ता ? प्रधानमन्त्रीकै निर्देशनमा दर्ताभएको बामदेव गौतमको आरोप

काठमाडौँ १६ असार । नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयमा नेकपा बैठकमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको चौथौ दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले यो पार्टी कसले किन दर्ता गर्न लागेको हो भनेर विषय प्रवेश गराएका थिए ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनु भयो र त्यसबारे छलफल भयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने।

प्रधामन्त्रीमाथी नै शंका
आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दर्ता भएको आरोप लगाएका छन् । जारी स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमबार नेकपा एमाले दर्ता भएपछि गौतमले सो आरोप लगाएका हुन् । ‘एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु,’ गौतमलाई उद्धृत गर्दै सहयोगी विश्वमणि सुवेदीले भने, ‘अहिले यस्तो काम गर्ने बेला होइन ।’

उनका अनुसार उपाध्यक्ष गौतमले अन्य १२ जनाझैँ आजको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।



ट्रेन्डिङ