प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौं १६ असार। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच शीतलनिवासमा भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार बिहान ११ बजे आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको पार्टीका नेताहरुको अनुमान छ ।

बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ ।

यसअघिको बैठकमा अध्यक्ष एवं बरिष्ठ नेताहरुलाई राखिएका सोफा र कुर्सीका विषयमा विवाद भएको थियो ।

साथै आइतबार मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका सम्बन्धमा पनि नेकपाभित्र विवाद चर्किएको छ । नेताहरुका अनुसार आजको बैठकमा थप विवाद बढ्ने संकेतहरु देखिएका छन् ।



ट्रेन्डिङ