घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

डोटी १६ असार । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेश शाहीले सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको बताए ।

‘घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा छोरी मान्छेको शव भेटिएको हो, कसले र किन हत्या गरे अनुसन्धान भइरहेको छ’ उनले भने । शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

बेवारिसे अवस्थामा भेटिएको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



ट्रेन्डिङ