मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, ३ जना घाइते

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, ३ जना घाइते

कैलाली १६ असार । कैलालीको बर्दगोरिया गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट १ बालकको मृत्यु भएको छ । गएराति बर्दगोरीया गाउँपालिका(१ स्थित पूर्वपश्चिम राजमार्गमा भे ६ प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय हिमांशु परियारको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

प्रहरी निरीक्षक थापाका अनुसार मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय सुरेश चौधरी, मोटरसाइकलमा सवार बर्दगोरीया गाउँपालिका(३ का २६ वर्षीय जयदेव चौधरी र मृतक बालकका बुबा ३० वर्षीय वर्षीय रमेश परियार घाइते भएका छन् ।

प्रहरीका अनुसार मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ । उनीहरू तीनै जनाको कोहलपुरमा उपचार भइरहेको थापाले बताए ।



ट्रेन्डिङ