कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी:डब्लूएचओ

कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी:डब्लूएचओ

चितवन १६ असार। कोरोना महामारीको कारण कति देशको स्वास्थ्य क्षेत्र,अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको छ ।

कोरोना रोकथामका लागि भनेर लकडाउन गरेका देशहरुमा पनि पछिल्लो समय लकडाउन खुकुलो पारिएको छ जसलाइ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गलत कदम भएको टिप्पणि गरि रहेको छ।

डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रणका लागि लगातार परीक्षणको नीति अपनाउन आग्रह समेत गरेका छन।

तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेको चेतावनी दिएको छ।

उनले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् ।

सोमबार भर्चुअल ब्रिफिङमा उनले भने, ‘हामी चाहन्छौं यो सबै ९संकट० चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर कटु सत्यता के हो भने यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’

यसबीच केही देशले कोरोना नियन्त्रणमा प्रगति त गरेका छन्, तर विश्वस्तरमा यो महामारी फैलावटको गति तीव्र बनिरहेको उनले बताए। डा। टेड्रोसले भने, ‘अझै हामी चेतेनौं र समस्या सुल्झाउन विश्व एकता र सहकार्य गरेनौं भने अझ खराब सयम आउन बाँकी नै छ।’



ट्रेन्डिङ