होसियारः ‘चट्याङसहित केही स्थानमा भारी वर्षाहुने सम्भावना छ’

होसियारः ‘चट्याङसहित केही स्थानमा भारी वर्षाहुने सम्भावना छ’

काठमाण्डौं १६ असार । आज देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ का १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ति स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाकी मौसमविद् विभूति पोख्रेलले आग्रह गरेकी छन् । भारी वर्षा हुँदा बाढी, पहिरो जाने, कतिपय ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सावधानी अपनाउन उनले आग्रह गरिन् ।

मंगलबार राति सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



ट्रेन्डिङ