चितवनमा थपिए ४ कोरोना संक्रमित

चितवनमा थपिए ४ कोरोना संक्रमित

चितवन १५ असार। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालका अनुसार असार १४ गते आइतबार परीक्षण गरिएका ५३५ नमुना मध्ये २९ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको हो ।

त्यस्तै परीक्षणमा ५०६ वटा नमुनाको नतिजा नेगिटिभ रहेको अस्पतालले जानकारी दिएको छ ।

अद्यावधिक विवरण अनुसार अर्घाखाँचीबाट ११ जना पुरुष, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला,भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुष २ जना,  गोदावरी नगरपालिका कैलाली वस्ने वर्ष ३५ का पुरुष १ जना र पाल्पा जिल्लाबाट वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जना पुरुषको कोभिड–१९ पुष्टी भएको हो ।



ट्रेन्डिङ