बङ्गलादेशमा डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु

बङ्गलादेशमा डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु

एजेन्सी १५ असार। बङ्गलादेशको राजधानी ढाकामा बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको र दर्जनौं हराइरहेका छन्।

सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

स्थानिय सचारमाध्यमका अनुसार दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका थिए।

यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिए ।उद्धारकार्य जारी रहेको बताइएको छ ।



ट्रेन्डिङ