ससुराद्धारा बलात्कार प्रयास: घटना लुकाउन सुनियोजित हत्या

ससुराद्धारा  बलात्कार प्रयास: घटना लुकाउन सुनियोजित हत्या

हेटौंडा १५ असार। असार १ गते आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा)को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

मकवानपुर प्रहरीले हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै ससुराबाट भएको बलात्कार प्रयासको घटना लुकाउन र आर्थिक कारणले सुनियोजित हत्या भएको जानकारी दिएको छ ।

प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा र २३ वर्षीय नन्द सीता थापालाई सार्वजनिक गरेको छ ।

मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए ।

ससुराले घरमा रहेको बेला सुस्मिताको गोप्य अंगहरूमा छुने र यौनजन्य दुव्र्यहार गरेको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए । यसरी बलात्कार प्रयास गरेपछि घटना लुकाउन ससुराले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक सुस्मिताको श्रीमान् रुपेन्द्र थापाको करिब १० महिनाअघि कपिलवस्तुस्थित ससुराली घरबाट आउँदा सवारी दुर्घटनामा ज्यान गएको थियो । छोराको मृत्यु कारण सुस्मिता रहेको भन्दै ससुरासहित ४ जनाले उनलाई मानसिक यातना दिँदै आएका थिए ।

रुपेन्द्रको मृत्युपछि हकवाला मृतक सुस्मिताले पाएको क्षतिपूर्ती वापतको ५ लाख रुपैयाँ पाउनु पर्ने माग घर पक्षले राखेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ