कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

चितवन १५ असार। कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो ।

अहिलेसम्म सबैभन्दा बढि अमेरिकामा एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ । बेलायतमा पनि ४३ हजार ६३४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ ।

विज्ञहरुका अनुसार यो सङ्ख्या अझै बढ्ने छ। विश्व स्वास्थ्य सङ्गठनले पनि युरोपमा लकडाउन खुकुलो सङ्गै अझै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने आकलन गरेको छ।



ट्रेन्डिङ