सुदुर पश्चिममा संक्रमितको संख्या २ लाख नाघ्याे

सुदुर पश्चिममा संक्रमितको संख्या  २ लाख नाघ्याे

काठमाडौं १४ असार । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । शनिबार थप २२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ७६ पुगेको हो । जसमध्ये ४२४ जना महिला  र १६ सय ५२ पुरुष छन् ।  प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार क्यान्सरको उपचारमा रहेका कैलाली गोदावरी नगरपालिका–५० वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा कोभिड–१९ को संक्रमणका कारण ज्यान गएको थियो ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ११६ जना, वीर अस्पतालको प्रयोगशालामा ६, शिक्षण अस्पतालको प्रयोगशालामा ६२ र सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म प्रदेशमा ३५८ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । संक्रमितमध्ये कैलालीका ५७७, कञ्चनपुरका ३०७, अछामका १३३, डडेल्धुराका २२६, दार्चुलाका १६ जना छन् । बझाङका ७२, बैतडीका २३१, डोटीका ३२३ र बाजुराका १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख २५ हजार २९३ जनाको परीक्षण गरिएको छ भने २१ हजार १११ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।  प्रदेशभर १६ हजार ४०२ जना क्वारेन्टिनमा छन्  । १३५ संक्रमति आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



ट्रेन्डिङ