सार्वजकि जग्गा हडप्न रत्ननगरमा पुलमुनी बाँँध बनाउँदै

सार्वजकि जग्गा हडप्न रत्ननगरमा पुलमुनी बाँँध बनाउँदै

रत्ननगर १३ असार । रत्ननगर भएर बग्ने कयरखोलाले खोला वरिपरिका जनतालाई बर्सेनि दुख दिने गरेको छ । हिउँदमा सुक्ने खोला वर्षातको समयमा भने गाउँ नै बगाउनेगरि बाढी आउने गरेको छ । जस्का कारण वर्षातको समयमा खोला नजिकका स्थानीयहरु त्रासमा बस्नुपरेको बर्षौ भयो ।

कयर खोलाको क्षति नियन्त्रणका लागिरत्ननगर नगरपालिकाको वडा नं. ३ मा कयर खोलाको बाढी नियन्त्रणका लागि समिति नै गठन भएको छ । एक साताअघि मात्रै समिति गठन गरिएको हो । तर समितिले सोचे र चाहेजस्तो काम गर्न सकेको छैन । अहिले समिति नै विवादमा पर्न थालेको छ ।
समिति बनाउँदा नै मुख्य प्रभावित क्षेत्र खोला पारी को बेल्सी, बन्सी गाउँ लाई थाहै नदिई खोला वारीका ब्यक्तिहरु समिति गठन गरेका थिय। अहिले असार मसान्त सकिनै लाग्दा समितिले ड्याम (बाँध) बनाउने काम सुरु गरेको छ तर समितिको काम बैज्ञानिक र व्यवहारिक छैन ।

बाँध खोलाको छेउमा नभएर खोलाको एक तिहाई भाग ढाकिने गरि पुल मुनि बनाईदै छ । जहाँ पुल को तीन खण्ड मध्ये एक खण्ड पुरै ढाकिएको छ । खोला पारिका मुख्य प्रभावित क्षेत्रका स्थानीयहरुले यो कामको बिरोध गरेका छन् । उनिहरुले समितिका अध्यक्षले खोलाको जग्गा हडप्नको लागि पुल मुनि नै बाँध बनाउन लागेको आरोप लगाएका छन् । बाँध लगाउँदा बच्ने जग्गा समितिको अध्यक्षले भोगचलन गर्दे आएको स्रोतले जानकारी दिएको छ । महेन्द्र राजमार्गको पुरानो बाटोमा भएको सानो पुलको अवशेष अहिले पनि देख्न सकिन्छ तर त्यो पुल, बाटो, खोलाको जग्गा सबै ब्यक्ती ले नम्बरी बनाई सकेका छन् । कयरखोला बाढी नियन्त्रण समितिको अध्यक्षमा नेपाल हयाचरी उद्योग संघ बाग्मती प्रदेश समितिका सदस्य श्री पुरु खनाल रहेका छन् ।
स्थानीयले अध्ययन गरेर मात्रै बाँध लगाउन भनेका छन् । बाँधले वस्ती जोगाउनुपर्छ । तर अहिले भइरहेको कामले बस्तीसँगै पुल पनि जोखिममा हुने स्थानीयको अनुमान छ ।



ट्रेन्डिङ